logo शुक्रबार, भाद्र २६ २०८३ | Friday 11th September 2026

सिंहदरबारमा सरकार र यातायात व्यवसायीबीच वार्ता


  • जन आकाश
  • सोमबार, जेष्ठ १९ २०८२

काठमाडौं ।  सरकार र यातायात व्यवसायीबीच वार्ता भएको छ।



सोमबारदेखि देशव्यापी रूपमा सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएको यातायात व्यवसायीहरुसँग सरकारले संवाद थालेको हो। वार्ता सिंहदरबारस्थित गृह मन्त्रालयमा चलिरहेको गृहमन्त्री रमेश लेखको सचिवालयले जनाएको छ।

वार्तमा गृहमन्त्री लेखकसहित मन्त्रालयका सचिवहरू र यातायात व्यवसायीहरू सहभागी छन्। बिहानैदेखि काठमाडौंमा सार्वजनिक सवारी साधनहरू गुडेका छैनन्। उपत्यकामा मात्रै होइन उपत्यकाबाहिर जाने सवारी साधनहरू पनि ग्यारेजमा थन्किएका छन्।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएर कार्यान्वयन गरेपछि सुरू भएको विरोधले देशव्यापी रूप लिएको हो। आन्दोलनको नेतृत्व नेपाल राष्ट्रिय यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको छ भने उसलाई ट्रक यातायात व्यवसायी, ढुवानी व्यवसायी संघ, मजदुरलगायत यातायात क्षेत्रसँग सम्बद्ध अरू ७ संघसंगठनहरूले सहयोग गरेका छन्।

मन्त्रालयमा सोमबार बिहान भएको छलफलमा ती संगठनका प्रतिनिधिहरू पनि सहभागी छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend