logo शुक्रबार, भाद्र २६ २०८३ | Friday 11th September 2026

दिपाश्री निरौलाले गरिन् ब्यूटी सैलुनको उद्घाटन


  • जन आकाश
  • सोमबार, जेष्ठ १९ २०८२

काठमाडौं ।  दिपाश्री निरौलाले नयाँ ब्यूटी सैलुनको उद्घाटन गरेकी छन्।



उनले काठमाडौंको चाबहिलमा “डि लवन्डिसु युनिसेक्स पार्लरको ओपनिङ गरेकी हुन्। चावहिलस्थित स्तुपाको अपोजिट रहेको सैलुनको मेन ब्रान्च भरतपुर चितवनमा रहेको छ।

हेयर एक्सटेन्सनका लागि चर्चित रहेको यो पार्लर काठमाडौंमा पनि हेयर एक्सटेन्सन बुकिङ धेरै आएको कारण यहाँका ग्राहकका लागि सहज सुविधा मिलोस भनेर खोलिएको संचालिका इन्द्रा श्रेष्ठले जानकारी दिइन्।

हेयर एक्सटेन्सनले कपाल नहुने अथवा छोटो हुने धेरैलाई सहज बनाएको देखेपछि झन् बढी यो काममा उर्जा मिलेको संचालिका श्रेष्ठले बताइन्। त्यस्तै क्यान्सर पिडितहरूका लागि ५० प्रतिशत छुटमा सेवा प्रदान गरिरहेको समेत उनले बताइन्। क्यान्सर पिडितलाई कसैले डोनेट गरेको हेयरलाई यो सुविधा सहित एक्सटेन्सन गरिरहेको उनले बताएकी छन्।

काठमाडौंमा भर्खरै खुलेको शाखामा हेयर एक्सटेन्सनको साथमा हेयर कलर, ल्यासेस, नेलको सर्विससँगै मेकअपको सेवा पनि लिन सकिनेछ। सौन्दर्य क्षेत्रमा चितवनमा सफलता हासिल गरिसकेकी श्रेष्ठलाई दीपाले सफलताको शुभकामना दिइन्।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend