logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

संसद खुल्ने् ,नखुल्ने टुंगो छैन, प्रतिपक्षी दलहरूको बैठक बस्दै


  • जन आकाश
  • सोमबार, जेष्ठ २६ २०८२

काठमाडौं । उक्त बैठक अघि प्रमुख प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल प्रचण्ड ले प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्।



नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले रास्वपा, एकीकृत समाजवादीलगायत संविधान र गणतन्त्र पक्षधर दलहरूलाई बैठकमा बोलाएका छन्। राप्रपालाई प्रतिपक्षी दलहरूको बैठकमा बोलाइएको छैन।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षीहरूले केही दिनदेखि प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएका छन्।
प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको पनि माग गरिरहेका छन्।

दलहरूले आइतबार पनि पटक पटक छलफल गरी सदनको गतिरोध अन्त्यका लागि भूमिका खेलेका थिए। तर अपराह्न ५ बजे बसेको बैठक प्रतिपक्षी दलहरूको अवरोधका बीच चल्न सकेन र आज दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो।

दलहरूबीच अहिलेसम्म समझदारी नबनेकोले आजको प्रतिनिधि सभा बैठक सञ्चालन हुने वा नहुने यकिन भइसकेको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend