logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मोहन वैद्य बिरामी, त्रिवि शिक्षण अस्पतालमा उपचार जारी


  • जन आकाश
  • सोमबार, जेष्ठ २६ २०८२

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण बिरामी भएका छन्।



दमको समस्या रहेका उनलाई पछिल्लो पटक जेठ १८ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार गराइराखिएको छ।

‘उहाँलाई आइसियुमा राखेर उपचार गराइएको छ,’ उनका आफन्त प्रशान्त वलीले भने, ‘अवस्था स्थिर छ। उहाँको उपचारमा डा निरज बम नेतृत्वको चिकित्सक टोली सक्रिय रहेको उनले बताए ।

उनका अनुसार यसअघि अध्यक्ष वैद्यलाई महाराजगन्जस्थित बिपी सामुदायिक अस्पतालमा उपचार गराइएको थियो।विगत ६ महिनादेखि वैद्यको स्वास्थ्यमा समस्या देखिँदै आएको छ। ‘त्यसकारण उहाँ कहिले अस्पताल त कहिले घर आउजाउ गरिरहनु भएको छ,’ उनले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend