जन आकाश
नेपाल देशमा भ्रष्टचार गर्नू हुदैन भन्ने नियम कानून बनाइएको छ । जुन कानून अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यन्वयन गर्ने गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोसुकैले गल्ती गरेको किन नहोस त्यसलाई कानूनी दायरामा ल्याएर सजाय दिनुपर्दछ । यो अन्तराष्ट्रिय सिद्धान्त हो । नेपालमा पनि त्यो लागु हुनुपर्दछ ।
तर पछिल्लो समय नेपालको सरकारको मातहतमा रहेको अख्तियार अनुसन्धान आयोगले सरकार भन्दा बाहिर रहेका वा नेकपा एमालेमा कुनैपनि वेला सँगै भएका कुरा नमिल्दा सरकार भन्दा बाहिर गएका नेकपा समाजवादी पार्टीका अध्यक्ष पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल, रास्वपाका सभापति रवि लामिछाने, त्यस्तै अन्य नेकपा एमाले विरोधी भएको वा एमाले विरोधी जस्तो देखिने आउदा दिनमा नेकपा एमाले पार्टीलाई चुनावमा क्षति पुग्ने आकलन गरिएका व्याक्ति, पार्टी, सञ्चार माध्यमलाई समेत सरकारको निर्देशनमा एकपक्षिय ढंगवाट कारवाही गर्ने तरिका अपनाइएको छ । कुनैवेला नेपाली काँग्रेसलाई क्षति पु¥याएको प्रतिशोधमा हाल स्वर्गीय त्यतिवेलाका प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले पनि कुनैवेला नेपाली काँग्रेस फुटाएर प्रजातान्त्रिक काँग्रेस बनाएका खुम बहादुर खड्का, चिरन्जीवि वाग्ले, गोविन्दराज जोशीलाई भ्रष्टचारको मुद्दा लगाएर जेल हालेका थिए ।
अहिले त्यतिवेलाको जस्तै तर पात्रा फरक प्रबृति उस्तै तरिकाले सरकारकै निर्देशनमा अख्तियार अनुसन्धान आयोगले काम गरेको जस्तो देखिन्छ । रवि लामिछानेलाई सहकारी ठगी काण्डमा मुद्दा दायर गरेर जेलमा पठाइ सकिएको र सम्पति सुद्धिकरणको पनि मुद्दा दायर गरेको छ । त्यसैगरी पुर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई मुद्दा नै दायर गरिसकेको छ भने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई त्यतिवेलाको जनमुक्ति सेनाको क्यानटोनमेनमा भ्रष्टचार गरेको भनेर मुद्दा लगाउने भित्री तयारी भईरहेको विशेष शुत्रहरुको भनाई रहेको छ ।
यो काम प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भईरहेको बिभिन्न राजनैतिक पार्टीका नेताहरुले सार्वजानिक स्थलमा भन्दै आएका छन् । उनिहरुले भने जस्तैगरी व्यवहारमा पनि देखिदै आएको छ ।
सरकारले त्यति मात्र गरेको छैन । नेपालमा पत्रिका भनेको कान्तिपुर मात्र हो । सरकार भनेको काँगे्रस र एमालेको मात्र हो । नागरिक भनेको एमाले र काँग्रेसको पार्टी सदस्य लिएका मात्र नागरिक हुन । अन्य पार्टीमा लाग्ने नागरिक वा स्वतन्त्र जीवन जिउने नागरिक नागरिक होइनन् । भने जस्तै गरी दुखः सुखः बनि बुथो गरी पत्रिका चलाई रहेका जन सवाल दैनिक, प्रभाव दैनिक जस्ता सञ्चालहरुलाई समेत मुद्दा लगाएको छ । त्यस्ता प्रकृतिका कानून उल्लघन गर्ने सरकारको नजिकमा रहेकाहरुलाई मुद्दा लगाएको छैन ।
नेपालमा तानाशाही प्रबृतिको सरकार छ भन्ने भान गराउन खोजेको छ । नेकपा एमाले पार्टीका नेताहरुले बिभिन्न पदीय जिम्मेवारीमा बसेर गरेका थुपै्र भ्रष्टचारका फाइल भने खोलेको अनुसन्धान गरेको देखिदैन ।
त्यसकारण वर्तमान सरकार, सरकार विरोधी जो कसैलाई केही न केही बहानामा अख्तियार लगाएर नछोड्ने चरम तरिकाले लागेको देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend