logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

काठमाडौं महानगरपालिकाका मेयर बालेन र उपमेयर सुनिताको वार्ता, कार्यपालिका राख्ने तयारी


  • जन आकाश
  • बिहिबार, जेष्ठ २९ २०८२

काठमाडौं । मेयर काठमाडौं महानगरपालिकाका बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोल बीच लामो समयपछि बुधबार भेटवार्ता भएको छ
केही वडाध्यक्षसहित भएको वार्तामा छिट्टै कार्यपालिका बैठक राख्न प्रारम्भिक सहमति भएको छ ।



‘हिजो लामै बैठक भयो । उपप्रमुख पनि आफ्नो धेरै कुरा राख्नु भयो । प्रमुखले पनि केही कुरा राख्नुभयो । बजेटलाई लक्षित गरेर कार्यपालिका बैठक चाहिँ तत्काल राख्ने र अन्य विवादको विषय हल गर्दै जाने कुरो भएको छ । बैठक कहिलेको लागि भनेर निश्चित भएको छैन, महानगरका एक वडाध्यक्षले भने ।

कार्यपालिकाको लागि लक्षित बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भने बोलाइएको थिएन । ‘जनप्रतिनिधिहरुको मात्रै बैठक भएको हो । उहाँलाई बोलाउन मेयर बालेन इच्छुक हुनुभएन । त्यही भएर खबर नभएको हो’ एक वडाध्यक्ष भन्छन् ।

कार्यपालिका बैठकको सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत हुने स्थानीय सरकार सञ्चालन ऐनमा प्रावधान रहेको छ ।
काठमाडौं महानगरको कार्यपालिका बैठक बस्न नसकेको करिब ५ महिना नाघिसकेको छ । १४ पुसमा १६औं नगरसभा बैठक बस्नु अगाडि बसेको कार्यपालिका बैठक त्यसपछि बस्न सकेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend