जन आकाश
काठमाडौं । पर्यटक भिसामा नेपाल आएर भिसाको उद्देश्यविपरीत गतिविधि गरेको आरोपमा एक नाबालकसहित १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गर्ने निर्णय गरिएको छ।
अध्यागमनसम्बन्धी कानुन उल्लङ्घन गरेको कसुरमा उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरी निष्कासन गर्ने निर्णय गरिएको हो। साथै, उनीहरूलाई तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी प्रतिबन्धसमेत लगाइएको छ।
मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीस्थित ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेपाल आएका उनीहरूले पर्यटक भिसाको उद्देश्यविपरीत गतिविधि गरेको पाइएको अध्यागमनको भनाइ छ।
निष्कासनमा पर्नेमा संयुक्त राज्य अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन्। उनीहरूमध्ये एक जना नाबालकसमेत छन्।नाबालकलाई भने उनका आमाबुवासँगै नेपालबाट प्रस्थान गराउने निर्णय गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend