जन आकाश
काठमाडौं । कर्णाली प्रदेश सरकारले स्याउ व्यवस्थापन बोर्ड गठन गर्ने भएको छ ।
प्रदेश प्रमुख नजिर मियाँले आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशमा स्याउको विकास र बिस्तारका लागि बोर्ड गठन गरिने बताएका हुन् ।
बुधबार बसेको प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले प्रदेशमा स्याउ, ओखर तथा सुन्तला विकास कार्यक्रमलाई विशेष कार्यक्रमका रूपमा सञ्चालन गर्ने बताएको छ ।
किवी, डराइगन, आँप, लिची, केरा लगायतका फलफूलमा दिगो प्रतिस्पर्धा तथा आत्मनिर्भर बनाउन कम्तीमा तीन वर्षसम्म बिरुवा सङ्ख्याको आधारमा प्रोत्साहन उपलब्ध गराउने नीति लिएको छ ।
त्यसका लागि एक गाउँ, एक व्यावसायिक फलफूल बगैँचा कार्यक्रम सञ्चालन गरिने छ ।
त्यस्तै कृषि रणनीतिक आयोजना कार्यान्वयन गरी कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रिकीकरण र विविधीकरण गरी कृषि उत्पादनमा आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
कृषिमा आत्मनिर्भर र निर्यातमा प्रोत्साहन गर्ने नीति लिइएको प्रदेश प्रमुख मियाँले बताए ।
पाँच हेक्टरभन्दा बढी जमिनमा कृषि व्यवसाय गर्ने किसानलाई कर्जामा व्याज अनुदान दिइने र दुई हेक्टरभन्दा बढी जग्गामा खेती गर्ने कृर्षक सहकारी र समूहलाई पनि अनुदान दिइने बताइएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend