logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

चन्द्र भण्डारीको आग्रह : प्रतिशोध र पूर्वाग्रह होइन, न्याय र सत्यका लागि निष्पक्ष छानबिन गरौँ


  • जन आकाश
  • मंगलबार, कार्तिक १८ २०८३

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले कुनै पनि विषयमा प्रतिशोध, पूर्वाग्रह वा व्यक्तिगत स्वार्थ नराखी न्याय, सत्य र जवाफदेहिताका लागि निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् ।



विधिको शासन र निष्पक्षताको पक्षमा आफूहरू रहेको उल्लेख गर्दै भण्डारीले बिचौलियाहरू पनि राज्यकै नियमन र नियन्त्रणभित्र रहनुपर्ने बताएका हुन् ।

उनले सम्बन्धित निकायलाई सुम्पिएको जिम्मेवारी पूरा गरी परिणाम दिन आग्रह गरेका छन् । विषयान्तर गरेर जिम्मेवारीबाट पन्छिने प्रवृत्ति उचित नहुने उनको भनाइ छ ।

भण्डारीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लेखेका छन्, ‘छानबिन गर। प्रश्न आनन्द, प्रतिशोध वा पूर्वाग्रहका लागि होइन—न्याय, सत्य र जवाफदेहिताका लागि हो। हामी विधिको शासन र निष्पक्षताको पक्षमा छौँ। बिचौलिया पनि राज्यकै नियमन र नियन्त्रणभित्र छन्। दिएको जिम्मेवारी पूरा गर, परिणाम देऊ, विषयान्तर होइन।’

उनको अभिव्यक्तिले निष्पक्ष छानबिन, कानुनी शासन र सम्बन्धित निकायको जवाफदेहितामाथि जोड दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend