जन आकाश
मोहन कार्की ।
नेपालमा जव असार लाग्छ देशभरीका कामहरु भटाभट गर्न थालेको देखिन्छ । जवकी संघले जेठ १५ प्रदेशले असार १ र स्थानीय तहहरुले असार १० गतेसम्म वजेट प्रस्तुत गरिसक्नुपर्ने प्रावधान २०७२ को संविधानमा उल्लेख छ । सोही अनुसार तिनै तहको सरकारले बजेट प्रस्तुत गर्दै आएका छन् ।
यसरी वजेट प्रस्तुत भईसकेपछि साउनवाट नै कार्यक्रमहरुको लागि काम थालेर ११ महिनामा सवै कामहरु सकेर यो असार महिना आउदो वर्षको लागि योजना बनाई तर्जुमा गर्न लाग्नुपर्ने वेला हो । त्यस्तो नेपालमा भएको देखिदैन ।
अन्य विकटका जिल्लाहरुमा त परकै कुरा भयो । काठमाडौ उपत्यकामा समेत अचेल असारको समयमा सडक खन्ने पेटी हाल्ने काम गरिरहेका छन् । सडक खनेका ठाउँहरुमा माटो थुपारिएको त्यही माटो घाम लाग्दा धुलो पानी पर्दा हिलोमा परिणत हुदा उपत्यकावासीहरु धुलोमा नाक थुन्दै हिलोमा लतपतिदै हिडेको देखिन्छ । उपत्यकावासीहरुलाई त हिलो र धुलो वाहेक अरु समस्या छैन । तर पाहाडी, हिामाली क्षेत्रमा असारको वेला सडक, कुलो बनाउदा खन्दा पाहाडमा माथिवाट पैरो आउने जोखिम हुन्छ ।
एकतिर मानवको लागि जोखिम अर्कोतर्फ हतारमा गरिएको काम दिगो, अर्थात बलियो नहुदा विकासको बजेट समेत प्रभावकारी नहुने देखिन्छ । यस्ता चलनलाई सधैको लागि अन्त्य गर्न सम्बन्धित निकायहरुले समयमा नै दृढ इच्क्षा शक्ति लिएर काम थाल्नुपर्ने देखिन्छ ।
समयमा काम सम्पन्न विकास निर्माणका कामहरु गुणस्तर, जनताले समयमा सहज ढंगवाट सेवा, सुविधा पाएभने सरकारले गरेको राम्रो काम देखेर सेवा पाएको महसुस गरेर उत्साहित हुनेछन् ।
तर अवस्था त्यस्तो छैन । जनताले बाटोमा हिड्दा बाटो भत्काएको अवरोध भएको असारमा नै देखेपछि असारे बजेट सक्न काम गर्दै रहेछन् भनेर अरोप लगाउनु स्वभाविक हो ।
त्यही काम भदौमा, असोजमा, कार्तिम, मंसिरमा, पुषमा, माघमा, फागुनमा, चैत्रमा, वैशाखमा जेठमा गरेको भए वा त्यो वेलादेखि गर्दै आउदा नसकेर निरन्तर भएको अवस्थामा सर्वसाधरण जनताले आरोप लगाउने डाउँ पाउदैनन थिए । जव असार १ गते लागेपछि हत्तार हतारमा काम गर्न थालेपछि जनताले आरोप लगाउनु स्वभाविक हो । त्यसैले यस्ता नकरात्मक बन्दै गएको असारे विकासको मोडल चेन्ज गरेर समयमा नै काम गर्ने वानीको विकास र प्रणाली बनाई नेपालमा असल शासनको शुरुवात गरेर निरासा बोक्दै विदेशी भूमिका रहेका युवापुस्तालाई समेत नेपाल सुध्रिएको छ । आशा नेपालमा नै छ । सम्भावना नेपालमा छ । बन्यो भन्ने आधार तयार गर्न सक्नुपर्छ । त्यो काम सरकारले गरोस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend