logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

प्रतिनिधिसभाको बैठक बस्दै, संघीय निजामती सेवा विधेयक पारित गरिन


  • जन आकाश
  • मंगलबार, असार ३ २०८२

काठमाडौं । मंगलबार दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दैछ। आजको बैठकमा संघीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ।



संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको हो।

सो प्रस्तावमाथि मंगलबा छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ। लामो समयपछि संघीय निजामती विधेयक पारित हुन लागेको हो। यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्ने कार्यसूची निर्धारण गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend