logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

नेपालका पेट्रोलपम्पहरुले गर्ने ठगी नियन्त्रण गर


  • जन आकाश
  • मंगलबार, असार ३ २०८२

नेपालमा पेट्रलपम्पहरुमा हुने ठगीको वारेमा काही कतै सुनुवाई नहुने चलन बढ्दै गएको छ । एकतिर अहिलेपनि डिजिटल प्रविधि प्रयोग गरेका छैनन् । पुरानै डिजिटल राखेर कतिपय पेट्रोलपम्पहरुले कारोबार गरिरहेका छन् । कतिपय नयाँ जिजिटल प्रविधिका नयाँ पेट्रालपम्पहरुमा मिटर बिगारेर तेल बेचिरहेको हुन सक्ने अनुमान छ ।



कतिपय ग्रहकहरुले वाइकमा, गाडीमा तेल भर्दा तोकेको जति तेल नहुने गरेको भन्ने गुनासोहरु जताततै सुन्न पाईन्छ । कतिपय पेट्रोलपम्पले मिसावट गरेर समेत बेचबिखन गरिरहेको भन्ने भनाई तेल प्रयोग गर्ने ग्रहकहरुले कुराकानी गरेको सुन्न पाईन्छ ।

यस्ता विषयमा नेपाल आयल निगमले अनुगमन गरेर त्यस्ता गलत काम भएका रहेछन् भने गलत गर्ने पेट्रोलपम्पहरुलाई कारवाही गर्नुपर्ने हो । तर नेपाल आयल निगम नै यस्ता काला ब्यापारीहरुसँग मिलेको होकी भन्ने आशंकाहरु उत्पन्न भएका छन् ।

पटक पटक पेट्रोलपम्पहरुले ठगी गरेको भनेर गुनासो आईरहदा समेत नेपाल आयल निगमका सम्बन्धित निकायले चासो नदिनुले कतै पेट्रोलको ठगी धन्दामा आयल निगमकै महत्वपूर्ण कर्मचारीको मिलेमत्तो त छैन । भन्ने प्रश्नहरु उठ्न थालेका छन् ।

माथि ग्रहकहरुले पटक पटक पेट्रोलपम्पहरुले लिटरमा ठडिएको अनुभव गरेपछि गुनासो गर्दा आयल निगमले चासो नदिदा यस्ता कालो बजारी गर्न गराउन प्रोत्साहन आयल निगमले पनि गरेको हुनसक्ने आधार देखिन्छ ।
त्यसैले समयमा सम्बन्धित निकायलको ध्यान जाओस् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend