जन आकाश
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। बैठक असार ४ गते बिहान सानेपामा बस्नेछ।
बैठकमा रास्वपा र राप्रपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको भिजिट भिसा प्रकरणबारे छलफल हुनेछ।
बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ, जसमा पार्टीका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहनेछ।
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।असार ४ गते बुधबार बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन् । बैठकमा यो विषयका साथै अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend