logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलामा बस फस्दा २७ जनाको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ।


  • जन आकाश
  • शुक्रबार, असार ६ २०८२

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलामा बससँगै फसेकामध्ये २७ जनालाई सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।



विनयत्रिवेणी गाउँपालिका–१ दुम्किबास स्थित खोलामा पानीको बहाव बढेपछि बसमा सवार यात्रुहरू फसेका हुन् । काठमाडौँबाट दाङ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस गए राति १२ बजे सो खोलामा फसेको थियो ।

यात्रुहरूलाई सशस्त्र प्रहरी बलको नम्बर–३१ गुल्मबाट खटिएका डीएसपी विनोद कार्की नेतृत्वको टोलीले उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

उद्धार सकिएको करिब १० मिनेटमा खोलाले बस बगाएको छ । उद्धार ढिलाइ भएको भएमा मानवीय क्षति हुने जोखिम रहेको डीएसपी थापाले जानकारी दिए । उनले भने, ‘सबै यात्रुको अवस्था सामान्य छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend