logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

धनगढीमा २४ घण्टा लगातार वर्षा,


  • जन आकाश
  • सोमबार, असार १६ २०८२

काठमाडौं । धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका टोलहरू डुबानमा परेपछि स्थानीयहरू समस्यामा परेका छन्। जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार धनगढी विमानस्थलको स्टेसनमा पछिल्लो २४ घण्टामा २०२ .२ मिलिमिटर वर्षा मापन भएको छ । विभागले खतराको सङ्केत नै जारी गरेको हो



उपमहानगरपालिकाको वडा नम्बर ८ र १२ लगायतका टोलका अधिकांश घरमा पानी पसेपछि स्थानीयहरूको सामानमा क्षति पुगेको छ। वडा नम्बर ८ को शिक्षानगर डुबानको चपेटामा छ। घरभित्र पानी पसेपछि दराज, फ्रिज, लो बेड, अन्नपात लगायतमा ठुलो क्षति पुगेको छ।

स्थानीय दिनेश बोहराले घरमा सरसामान र अन्नपात क्षति पुगेको बताए। उनका अनुसार अहिलेसम्म लाखौँ क्षति भइसकेको जानकारी दिए । ‘घरभित्रका फ्रिज, दराज, लो बेड, अन्नपात सबै सखाप भएको छ । स्कुटर र बाइक पनि पानीमा डुबेको छ । अहिले हामीहरु बच्नका लागि छिमेकीको घरमा छौँ,’ उनले भने । उनका अनुसार टोलका अधिकांश छिमेकीको अवस्था यस्तै छ।

उता धनगढी(१२ पनि पुरै डुबानमा छ। बजारको मुख्य सडक पनि डुबानमा छ। सुरक्षाकर्मीले उद्धारको काम गरिरहेका छन्।

कञ्चनपुरको कृष्णपुर, बेलौरीमा पनि डुबान छ। सुदूरपश्चिमका तराईका जिल्लामा डुबानमा परेका छन् । पहाडी जिल्लामा पनि वर्षा जारी छ।

सेती नदिमा पानीको वहाव बढेपछि बैतडीको सिगास (५ ढुङ्गाढका स्थानीय त्रसित छन्। खोला तथा नदीहरुमा पानीको बहाव बढेपछि डुबान भएको छ। अहिलेसम्म ठुलो क्षतिको घटना भने नआएको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ। विपदको समयमा सावधानी र सुरक्षा अपनाउन प्रशासन सबैलाई आग्रह गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend