जन आकाश
काठमाडौं । काठमाडौं महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आफ्नो चरित्र हत्या भएको बताएका छन् । काठमाडौँ टावरका बारेमा आइतबार केही सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो चरित्र हत्या भएको बताएका हुन् ।
उनले काठमाडौँ टावरको नक्सा पासको विषयलाई जोडेर आफूलाई लगाइँदै आएको आरोपमा कुनै पनि सत्यता नभएको भन्दै आफ्नो चरित्र हत्या गर्ने प्रयासप्रति पनि आक्रोश व्यक्त गरे ।
उनले आफू नरहेका बेला पनि लामो समयदेखि बैठक नबसेको बताए । ‘व्यक्ति तोकेर तँ भ्रष्टाचारी हो भनेर त्यसरी तोक्न मिल्ला रु त्यो विषय आधिकारिक निकायले भन्ने कुरा होला नि,’ उनले भने, ‘त्यसरी व्यक्तिको चरित्रहत्या गर्ने कुरा गलत छ ।
यदि तपाईँलाई कसैले विना प्रमाण चरित्र हत्या गर्छ भन्ने त्यसलाई ठिक भन्न सक्नुहुन्छ मैले अहिलेसम्म मेयर सावका बारेमा केही पनि भनेको छैन नि अनि मेयरको सचिवालयको हबला दिँदै मलाई आरोप लगाउने कुरा कसरी ठिक हुन्छ मलाई भ्रष्टाचारी करार गर्ने निकाय उहाँको सचिवालय त होइन होला नि रु आधिकारिक निकाय हुन्छ होला उसले मेरो बारेमा छानबिन गरिरहेको होला नि होइन
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend