जन आकाश
काठमाडौं । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुई हेलिकोप्टर आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका दुई जनालाई उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ ।
दुर्घटनामा घाइते भएका भारतीय मूलका न्युजिल्यान्डका नागरिक ५३ वर्षीय शैलेश किसन पटेल र फिस्टेल हेलिकोप्टरका पाइलटलाई उपचारका लागि अस्पताल ल्याइएको हो ।
पाइलट सामान्य घाइते रहेको बताइएको छ । उनको परिचय भने तत्काल खुल्न सकेको छैन । नेपाल मेडिसिटी अस्पतालले घाइतेहरूलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइने जनाएको छ ।
सोलुखुम्बु जिल्ला प्रहरी कार्यालयका डीएसपी नवीनराज बुढाथोकीका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरिचेस्थित हेलिप्याडमा आज बिहान अवतरण गर्ने क्रममा दुई हेलिकोप्टरका पंखा आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा भारतीय नागरिक ४७ वर्षीय वसन्तकुमार बलारा माडुको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend