जन आकाश
काठमाडौं– एक्टिभ म्यूजिक प्रा.लि.को आयोजनामा दोश्रो संस्करणको क्रिएटिभ अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२५ को ग्रान्ड फिनाले समारोह सम्माननीय पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यतामा सोमबार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा भव्य र सभ्य रुपमा सम्पन्न भएको छ ।
वरिष्ठ कलाकार, सञ्चारकर्मी, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा संगीत तथा गीतसाहित्य क्षेत्रका २३ विधामा अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

निर्देशक, सर्जक तथा कलाकार विजेन्द्र नौबागेको सभापतित्वमा सम्मन्न कार्यत्रमको विशिष्ठ अतिथि चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला रहेका थिए भने विशेष अतिथिहरुमाः वरिष्ठ निर्देशक तथा कलाकार शुभाष प्रसाद गजुरेल, चलचित्र निर्माता संघका अध्यक्ष नायक नवल खड्का, गायक तथा संगीतकार विभि अनुरागी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष वरिष्ठ गायिका रिता थापा, संगीतकार संघका अध्यक्ष अष्ट लामा, धुलिखेल नगरपालिका काभ्रेका प्रमुख प्रशासकीय अधिकृत मोहन मरासेनी, हमिालय टायम्स पत्रिकाका वरिष्ठ पत्रकार कृष्ण भुसाल, मध्यान्ह दैनिकका प्रधान सम्पादक मदन कुमार श्रेष्ठ, जनसवाल दैनिकका प्रधान सम्पादक राम्जी बगाले, जनआकाश राष्ट्रिय साप्ताहिकका अध्यक्ष मोहन कार्की, वरिष्ठ लोक तथा दोहोरी गायक घमेस दुलाल, कलाकार शितल के।सी, रंगपत्रकार गीता अधिकारी, स्याङ्जा काठमाडौंं सम्पर्क समन्वयन समितिका अध्यक्ष प्रितम किसान, हरित शान्ति समाजका अध्यक्ष सन्तु गिरि, वयलकम इन्टरनेशनल पालिका अध्यक्ष देवेन्द्र सारु मगर, पपुलर ग्रुप प्रा.लि. का अध्यक्ष गणेश बहादुर थापा, सुन्दर परिकल्पना समाजका अध्यक्ष मनु बाठा मगर, नेपाली उपभोगक्ता संरक्षण महासंघका अध्यक्ष चन्द्र साउद, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका अध्यक्ष भवानी प्रसाद खरेल, मानव अधिकार तथा शान्ति प्रतिष्ठान नेपालका अध्यक्ष मान बहादुर थापा रहेका थियो ।
कार्यक्रममा ‘लोक स्वर सम्राट’ राजु परियारलाई रजत सम्मान प्रदान गरिएको थियो । त्यस्तै, वरिष्ठ गायिका देविका बन्दनालाई सदाबहार गायिका सम्मान, टिका पुनलाई दशक सम्मान, सञ्चारकर्मी डि.वि. पराजुलीलाई सञ्चारकर्मी सम्मान, राजु खड्कालाई संगीत सादक सम्मान, सामना शाहालाई गीतकार सम्मान लगायत विभिन्न श्रेणीमा व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

नेपाली चलचित्र क्षेत्रकी पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ, चलचित्र निर्माता शर्मिला पाण्डे, चरित्र अभिनेत्री रश्मि भट्ट, छायाँकार केशव अधिकारी, भिडियो सम्पादक इनिश बुढाथोकी, बाल कलाकार मञ्जली तामाङ र आरिया शाही, उद्घोषक दिपेन्द्र शाही, कलाकार दिनेश डाँगी, मोडल देव महतो लगायत अन्य कलाकारलाई समेत सम्मान प्रदान गरिएको थियो ।

त्यसै गरी समाजसेवि सम्मानबाट सम्मानित हुनुहुुनेहरुमा ः दुर्गा लम्माल, सुशीला कट्टेल गैरे, राम कुवँर, अभिचन्द्र कार्की, ज्ञानेन्द्र गौतम, रमिता बस्नेत रहेका थिए । महिला उद्यमी सम्मानबाट हिमा कुमारी मल्ल, उमा मिश्र सम्मानित हुदै गर्दा स्वयंसेविका सम्मानबाट दुर्गा न्यौपाने र अमृता नौबागे सम्मानित भए भने कार्यक्रम सञ्चालक दिपेन्द्र शाहीले उद्घोषक सम्मान हात पारेका थिए ।
दोस्रो क्रियटिभ इन्टरनेशनल म्यूजिक अवार्ड २०२५ का निर्णायक समूहका साउण्ड इन्जिनियर डिका गुरुङ्ग, गायक भुवन प्यासी, ओम प्रकास राई, रमेस श्रेष्ठ, भुवन प्रकास बडु सम्मानित भएका थिए ।
सर्वोत्कृष्ट अवार्ड प्राप्त गर्नेहरुमा आधुनिक गायक रुपक डोटेल, आधुनिक गायिका नृत्यशिवा, लोक तथा दोहोरी गायिक माधप भण्डारी, लोक तथा दोहिरी गायिका सुनिता सुनार, लोक आधुनिक गायक सुरेश अञ्जान, म्युजिक भिडियो निर्देशक जेरि भण्डारी, लोक तथा दोहोरी शब्द भीष्मराज फुलारा, काठे लोक गीत लय सङ्कलक मौलिक गीत गायिका मञ्जु बिक, लोक तथा दोहोरी गीत लय सङ्कलन मीन प्रकाश वलि, लोक तथा दोहोरी गीत म्युजिक भिडियो मोडल सागर लम्साल ‘बले’, लोक तथा दोहोरी गीत म्युजिक भिडियो मोडल महिला अस्मिता रणपाल, लोक तथा दोहोरी गीत म्युजिक भिडियो नव मोडल रञ्जना भुजेल, आधुनिक गीत संगीतकार रबिन्द्र शाही, आधुनिक गीतकार प्रनिल प्रधान, एरेन्जर सुनिल परियार, रेकर्डिस सरोज खड्का, पप गीत गायक सुर्य मुम्बा तामाङ, मौलिक गीत गायक जुरि अवार्ड हुम गैरे, आधुनिक गीत म्युजिक भिडियो मोडल महिला सञ्चिता शाही, आधुनिक गीत गायक पब्लिक च्वाईस अवार्ड उत्सब सुब्बा लामा, आधुनिक गीतकार जुरि अवार्ड मोहन लिम्बु, आधुनिक गीत म्युजिक भिडियो मोडल पुरुष दिनेश कठायत रहेका थिए ।
दोस्रो क्रियटिभ इन्टरनेशनल म्यूजिक अवार्ड २०२५ लाई सफल बनाउन सहयोग गर्ने धुलिखेल नगरपालिका, कृष्ण श्रेष्ठ, श्रेष्ठ सम्लायर्स, पपुलर ग्रुप लि।, गंगबु, सुटमाला बागबजार र चलचित्र विकास बोर्डलाई पनि सम्मान गरिएको थियो भने पपुलर ग्रुप प्रालि टोखाले सम्मानित व्यक्तित्वहरुलाई उपहार स्वरुप आफ्ना उत्पादनहरु प्रदान गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend