logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा दाँत उपचारमा १५ प्रतिशतसम्म छुट


  • जन आकाश
  • सोमबार, साउन १२ २०८२

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई कान्तिपुर डेन्टलमा दाँत उपचार गर्दा १५ प्रतिशतसम्म छुट



एन आई सी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर ९केडीसी० प्रा.लि.बीच यस बैंकका ग्राहक महानुभावहरुलाई दाँतको उपचार सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौतापछि यस बैंकका ग्राहक महानुभावहरुले विभिन्न ठाउँमा रहेका कान्तिपुर डेन्टलका शाखाहरुमा दाँत उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।

ग्राहक महानुभावहरुले जनरल हस्पिटल सेवाहरु मा १५ प्रतिशत, फिजिओथेरापी तथा आई ग्लास र जनरल डेन्टल सेवाहरु मा १० प्रतिशत छुटका साथै दाँतको विशेष उपचार सेवा मा ७ प्रतिशत छुट उपभोग गर्न सक्नुहुनेछ ।

ग्राहक महानुभावहरुले काठमाडौंस्थित जोरपाटीमा केडीसी एस्थेटिक सेन्टररकान्तिपुर डेन्टल सेन्टर र पोखरास्थित न्युरोडमा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स एण्ड डेन्टल हस्पिटलमा उक्त छुट प्राप्त गर्न सक्नुहुनेछ भने कान्तिपुर डेन्टर सेन्टरका

नाममा काठमाडौंस्थित सतुंगल, चितवनस्थित भतरपुर, बुटबलस्थित भल्वारी तिलोत्तमा उक्त छुट सुविधा उपभोग गर्न सक्नुहुनेछ ।
यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक

एपमार्फत भुक्तानी गर्नुपर्ने छ । कान्तिपुर डेन्टलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
सहायक प्रमुख कार्यकारी अधिकृत प्रमुख सूचना अधिकारीले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend