logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रभु बैकाको वितरणयोग्य नाफा १ अर्ब भन्दा बढी


  • जन आकाश
  • बुधबार, साउन २८ २०८२

काठमाडौं । प्रभु बैंकको गत आर्थिक वर्ष २०८१ /८२ खुद नाफा ९६५.४० प्रतिशत बढेर ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले अघिल्लो वर्ष ५१ करोड ८ लाख ५६ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।



गत वर्ष बैंकको खुद ब्याज आम्दानी ३९.४६ प्रतिशत घटेर ७ अर्ब १९ करोड ७८ लाख ६४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ११ अर्ब ८९ करोड ८ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १५.८१ प्रतिशत बढेर २ अर्ब २१ करोड २६ लाख ३३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २७.२७ प्रतिशत घटेर १० अर्ब ५७ करोड २६ लाख ३२ हजार रुपैयाँ, सञ्चालन आम्दानी ६०.८२ प्रतिशत बढेर ६ अर्ब २८ करोड २७ लाख ६१ हजार रुपैयाँ छ ।

 

 

गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ४ करोड ५१ लाख ८ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता ४.४४ प्रतिशत रहेको देखिन्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब २ करोड ५२ लाख २६ हजार रुपैयाँ ऋणात्मक थियो ।

 

२३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा १३ अर्ब ५५ करोड १२ लाख ३६ हजार रुपैयाँ रहेको छ ।

गत वर्ष बैंकको निक्षेप संकलन १२.१८ प्रतिशत बढेर ३ खर्ब ४२ अर्ब १८ करोड ८५ लाख ४० हजार रुपैयाँ र कर्जा लगानी ४.२१ प्रतिशत बढेर २ खर्ब ३० अर्ब ३७ करोड २ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष बैंकले ३ खर्ब ५ अर्ब १ करोड २८ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २१ अर्ब ४ करोड ५५ लाख ९९ हजार रुपैयाँ लगानी गरेको थियो ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी २०.९५ रुपैयाँ बढेर २३.१२ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २.१७ रुपैयाँ थियो । बैंकको प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ९.६० गुणा छ ।

अघिल्लो वर्ष ४.९४ प्रतिशत रहेको खराब कर्जा बढेर ४.९६ प्रतिशतमा पुगेको छ । बैंकको रिटर्न अन इक्विटी १४.९५ प्रतिशत रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend