logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एनआई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट उपलब्ध


  • जन आकाश
  • मंगलबार, भाद्र ३ २०८२

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट उपलब्ध



एन आई सी एशिया बैंक ग्राहक महानुभावहरुलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा स्काइ ब्रोडब्याण्ड प्रा.लि. र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले स्काइ ब्रोडब्याण्ड प्रा।लि।को इन्टरनेट सेवा लिई डिजिटल भुक्तानी गर्दा रु।१५०० छुट प्राप्त गर्न सक्नुहुन्छ ।

यस बैंकका ग्राहक महानुभावहरुले स्काइ ब्रोडब्याण्डको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेटको नयाँ
सेवा लिँदा वा नवीकरण गर्दा वार्षिक शुल्कमा रु.१५०० छुट प्राप्त गर्नु सक्नुहुनेछ ।

यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा (MoBank) मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । स्काइ ब्रोडब्याण्डसँगको यस सहकार्यले यस बैंकका ग्राहक महानुभावहरुलाई इन्टरनेट

प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend