logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

शिव श्री हाइड्रोपावरको हकप्रद सेयर आजदेखि बिक्रीमा असोज ८ गतेसम्म आवेदन दिन सकिने


  • जन आकाश
  • बिहिबार, भाद्र १९ २०८२

काठमाडौं । आजबाट शिव श्री हाइड्रोपावर कम्पनीको हकप्रद सेयर खुला भएको छ। कम्पनीले एक बराबर एक अनुपातको दरमा हकप्रद सेयर जारी गर्ने भएको हो।



सेयर स्वामित्व भएका लगानीकर्ताले कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद असोज ८ गतेसम्म खुला हुनेछ। हाल एक अर्ब ४७ करोड रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद पछि यो रकम दुई अर्ब ९५ करोड रूपैयाँ पुग्नेछ।

गत आर्थिक वर्ष २०८१र८२ मा कम्पनीको सञ्चित नोक्सानी पनि एक अर्ब २९ करोड छ। कम्पनीले एक करोड रूपैयाँ नाफा कमाएको छ।

हाल बजारमा कम्पनीको सेयर एक सय ८२ रूपैयाँमा कारोबार भइरहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १२ रूपैयाँ ५६ पैसा छ। प्रतिसेयर आम्दानी ०‍.६८ रूपैयाँ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend