logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

वैदेशिक व्यापार २२.५४% ले वृद्धि, दुई महिनामा ३ खर्ब ५२ अर्बको कारोबार


  • जन आकाश
  • मंगलबार, असोज ७ २०८२

काठमाडौं । नेपालको वैदेशिक व्यापार साढे २२ प्रतिशतले बढेको छ। चालू आर्थिक वर्षको साउन र भदौमा २२.५४ प्रतिशतले व्यापार बढेको भन्सार विभागले जनाएको हो।



पहिलो दुई महिनामा कुल ३ खर्ब ५२ अर्ब ४७ करोड २७ लाख ६१ हजारको वैदेशिक व्यापार भएको छ। अघिल्लो वर्ष सोही अवधिमा २ खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख २८ हजार रुपैयाँको व्यापार भएको थियो।

यस अवधिमा आया १६.२३ प्रतिशत र निर्यात ८८.५७ प्रतिशतले बढेको छ। विभागका अनुसार ३ खर्ब ५ अर्ब १५ करोड ५० लाख ९९ हजारको आयात भएको छ। त्यसैगरी ४७ अर्ब ३१ करोड ७६ लाख ६३ हजारको निर्यात भएको छ।

अघिल्लो वर्ष सोही अवधिमा आयात २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार र निर्यात २५ अर्ब ९ करोड ३१ लाख ३ हजार थियो। उक्त वैदेशिक व्यापारमा नेपालको व्यापारघाटा ८.५९ प्रतिशतले बढेको विभागले जनाएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend