logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

त्रिभुवन विमानस्थलमा भारतीय नागरिक ८३५ ग्राम सुनसहित पक्राउ


  • जन आकाश
  • बुधबार, असोज ८ २०८२

oppo_32

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सुनसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार दिउँसो भन्सार क्षेत्रबाट करिब ८ सय ३५ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।



पक्राउ पर्नेमा भारतीय नागरिक ४८ वर्षीय रोनक मदनी छन्। इन्डिगो एयरको उडानमार्फत मुम्बईबाट काठमाडौं आएका उनलाई आगमन भन्सार क्षेत्रमा जाँच गरेको थियो।

शंका लागेपछि उनको भिडिओ एक्सरे गरिएको थियो। मलद्वारमा तीन वटा डल्लोमा सुन राखेको खुलेपछि उनलाई नियन्त्रणमा लिएको छ। अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend