logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

कामना सेवा विकास बैंकले ल्यायो एआईमा आधारित ग्राहक सहायता प्रणाली ‘केएस मित्र’


  • जन आकाश
  • बुधबार, कार्तिक १२ २०८३

काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली ‘केएस मित्र’ सार्वजनिक गरेको छ।



यस प्रणालीमार्फत ग्राहकले बैंकको आधिकारिक वेबसाइट, इमेल तथा ह्वाट्सएप नम्बर ९८५१३६०००५ बाट बैंकिङ सेवासम्बन्धी जानकारी लिन, अनुरोध गर्न तथा गुनासो राख्न सक्नेछन्।

‘केएस मित्र’ बाट बैंकका शाखा तथा सम्पर्क नम्बर, सेवा–सुविधा, ब्याजदर र सेवा शुल्कसम्बन्धी जानकारी प्राप्त गर्न सकिनेछ। ग्राहकको पहिचान र खाताको विवरण रुजु भएपछि खाताको मौज्दात, कारोबार विवरण, कर्जाको बाँकी रकम, सीआरएन, डिम्याट तथा केवाईसीसम्बन्धी जानकारी पनि लिन सकिने बैंकले जनाएको छ।

त्यस्तै, खाता ब्लक गर्ने, मोबाइल बैंकिङको पासवर्ड वा पिन परिवर्तन गर्ने तथा मोबाइल बैंकिङ ब्लक गर्ने जस्ता सेवा पनि यस प्रणालीबाट लिन सकिनेछ। ग्राहकको जिज्ञासा तत्काल समाधान हुन नसके स्वचालित रूपमा टिकट जारी हुने व्यवस्था गरिएको छ।

बैंकका अनुसार डिजिटल प्रविधिमार्फत ग्राहक सेवा थप व्यवस्थित बनाउने र ग्राहकको समय बचत गर्ने उद्देश्यले ‘फ्युचर रेडी’ अवधारणाअन्तर्गत यो सेवा सञ्चालनमा ल्याइएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend