logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

नेपाल टेलिकममा ८ घण्टा पोस्टपेड–प्रिपेड सेवा अवरुद्ध, बिलिङ सिस्टममा समस्या


  • जन आकाश
  • बिहिबार, असोज ९ २०८२

काठमाडौं । नेपाल टेलिकमको पोस्टपेड र प्रिपेड फोनको बिलिङमा समस्या देखिएको छ । यसका कारण बिहीबार बिहानदेखि हजारौं पोस्टपेड तथा प्रिपेड फोनहरुमा ‘आउट गोइङ कल’ ब्यारियर (वान वे) भएको छ ।



करिब ८ घण्टाभन्दा बढी समय फोनमा समस्या आएपछि टेलिकमका धेरै पोस्टपेड प्रयोगकर्ता पीडित भएका छन् । नेपाल टेलिकमका एक वरिष्ठ इन्जिनियरका अनुसार हरेक महिनाको १५ तारिकमा पोस्टपेडको बिलिङ हुन्छ । त्यही क्रममा प्रणालीका आएको समस्याका कारण ब्यालेन्स भए पनि कतिपय फोन ‘वान वे’ भएका छन् ।

समस्या समाधानका लागि काम भइरहेको टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले बताए । उनले भने, ‘मध्यरातदेखि टेलिकमको बिलिङमा समस्या आएको हो । अहिले समस्या समाधान भइसकेको छ । थप काम भइरहेको छ ।’ मध्यरातदेखि टेलिकमको अनलाइन चार्जिङ सिस्टम (ओसीएस) मा समस्या आएको थियो । यो भनेको रियल टाइम चार्जिङ सिष्टम हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend