logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

दसैं नजिकिँदै उपत्यका छोड्नेको भीड, एक लाख ३८ हजारभन्दा बढी बाहिरिए


  • जन आकाश
  • बिहिबार, असोज ९ २०८२

काठमाडौं । दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यका छोड्नेहरूको सङ्ख्या बढ्दै गएको छ । स्कुल, कलेजहरूमा बिदा सुरु भएपछि काठमाडौँको गोङ्गबु बस पार्कमा बिहानै देखि काठमाडौँ छोड्नेहरूको भीड लाग्ने गरेको छ ।



काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार घटस्थापनाको दिनदेखि हाल सम्म करिब १ लाख ३८ हजार २९६ जनाले उपत्यका छाडेको जानकारी दिए ।

त्यस्तै यस वर्ष विभिन्न कारणले अग्रिम टिकट बुकिङ खुल्ला नगरिए पनि एक दिन अगाडिको टिकट लिने व्यवस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । जसका कारण टिकट लिनेहरूको समेत गोङ्गबु बस पार्कमा भीड लागेको छ ।

हाल गोङ्गबु नयाँ बसपार्क, माछापोखरीस्थित धादिङ बसपार्क, कोटेश्वर, कलङ्की लगायत विभिन्न चोकहरूमा उपत्यका छोड्नेहरूको भीड लाग्ने गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend