logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

बागमती प्रदेशमा १५ उपसचिवको सरुवा


  • जन आकाश
  • शनिबार, असोज ११ २०८२

काठमाडौं । मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत १५ जना उच्चपदस्थ कर्मचारीहरूको सरुवा गरेको छ।



मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको निर्णयअनुसार कृषि र प्रशासन सेवाका अधिकृतस्तर दसौँ र नवौं तहका कर्मचारीहरूलाई नयाँ जिम्मेवारी तोकिएको हो।

प्रदेशको प्रशासनिक कामकारबाहीलाई थप प्रभावकारी र गतिशील बनाउने उद्देश्यले प्रमुख सचिव भूपाल बारालले गरेको उक्त सरुवामा कृषि तथा पशु सेवातर्फ ८ जना र प्रदेश प्रशासन सेवातर्फ ७ जना उपसचिव परेका छन्।

कृषि तथा पशु सेवातर्फ को कहाँ सरुवा सूचीअनुसार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, हेटौँडामा कार्यरत वरिष्ठ पशु विकास अधिकृत (अधिकृतस्तर दसौँ) डा राम प्रकाश प्रधानलाई पशु सेवा कार्यालय, मकवानपुरको जिम्मेवारी दिइएको छ।

यस्तै, मकवानपुरको पशु सेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक डा व्रज किशोर ठाकुरलाई पशु सेवा कार्यालय, काभ्रे सरुवा गरिएको छ भने काभ्रेबाट डा सुजा वाग्लेलाई ललितपुरस्थित पशु सेवा कार्यालयमा पठाइएको छ।

त्यसैगरी, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, हेटौँडाकी वरिष्ठ मत्स्य विकास अधिकृत अन्जु घर्ती मगरलाई मत्स्य विकास केन्द्र, भण्डारामा सरुवा गरिएको छ। भण्डाराका वरिष्ठ मत्स्य विकास अधिकृत (अधिकृतस्तर दसौँ) माधव दाहाललाई भने निर्देशनालयमा ल्याइएको छ।

ललितपुरको पशु सेवा कार्यालयका वरिष्ठ मत्स्य विकास अधिकृत डा प्रभात न्यौपानेलाई पशु सेवा कार्यालय, चितवन पठाइएको छ भने चितवनबाट वरिष्ठ पशु विकास अधिकृत सुनिल केसीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, हेटौँडामा सरुवा गरिएको छ।

कृषि विकास निर्देशनालय, हेटौँडाका वरिष्ठ कृषि प्रसार अधिकृत प्रमोद दाहाललाई कृषि विकास कार्यालय, रामेछापको जिम्मेवारी दिइएको छ।

प्रशासनतर्फ पनि हेरफेर प्रदेश प्रशासनतर्फ यातायात व्यवस्था कार्यालय, मोटरसाइकल, गुर्जुधाराका अधिकृत (अधिकृतस्तर दसौँ) नेत्र प्रसाद भट्टराईलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ। संस्कृति तथा पर्यटन मन्त्रालयका अधिकृत राजन पोख्रेललाई यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा पठाइएको छ।

पर्यटन कार्यालय, काठमाडौंका भक्त बहादुर भण्डारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौँडामा ल्याइएको छ भने संस्कृति तथा पर्यटन मन्त्रालयका पवन कुमार पोख्रेललाई पर्यटन कार्यालय, काठमाडौँको जिम्मेवारी दिइएको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका होमनाथ रिजाललाई संस्कृति तथा पर्यटन मन्त्रालयमा र मुख्यमन्त्री कार्यालयका आशिष आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा गरिएको छ। यस्तै, युवा तथा खेलकुद मन्त्रालयका प्रकाश अधिकारीलाई संस्कृति तथा पर्यटन मन्त्रालय, हेटौँडामा पठाइएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend