logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सहकारीले ६० दिनभित्र दर्ता गर्नुपर्ने, नगरे कारबाही हुने प्राधिकरणको निर्देशन


  • जन आकाश
  • शनिबार, असोज ११ २०८२

काठमाडौं । बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाले ६० दिनभित्र सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखीकरण गर्नुपर्ने भएको छ।प्राधिकरणले हालै संशोधित दर्ता अभिलेखीकरण मापदण्ड २०८२ लागू गर्दै दर्ता नगर्ने सहकारीलाई कारबाही गर्ने चेतावनी दिएको हो।



यससँगै ३० प्रतिशतभन्दा बढी बचत तथा ऋण कारोबार गर्ने सहकारीले दर्ता अभिलेखीकरण गर्नैपर्ने भएको छ। प्राधिकरणले सहकारीलाई पारदर्शी र उत्तरदायी बनाउन दर्ता अभिलेखीकरणलाई अनिवार्य बनाएको हो।

दर्ता गर्दा १ हजारदेखि १५ हजार रुपैयाँसम्म शुल्क लाग्नेछ। विवरण रुजु भएपछि प्राधिकरणले विद्युतीय प्रणालीमार्फत सञ्चालन इजाजतपत्र जारी गर्नेछ।

तर संघ, प्रदेश वा स्थानीय सरकारले समस्याग्रस्त घोषित गरेका सहकारी संस्थालाई भने दर्ता प्रक्रियामा समावेश नगरिने भएको छ। दर्ता भएका सहकारीले हरेक वर्ष साउन मसान्तभित्र इजाजतपत्र नवीकरण गर्नुपर्ने व्यवस्था छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend