logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

दूधपोखरी कुण्डमा बेपत्ता युवकको शव डेढ महिनापछि फेला


  • जन आकाश
  • शनिबार, असोज ११ २०८२

काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिका(३ स्थित दूधपोखरी कुण्डमा नुहाउने क्रममा बेपत्ता भएका युवकको शव डेढ महिनापछि भेटिएको छ।



साउन २४ गते दूधपोखरीमा नुहाउने क्रममा क्ब्होलासोथार गाउँपालिका(४) भुजुङका १८ का मनोज गुरूङ बेपत्ता भएका थिए।

उनको खोजीका लागि शनिबार सशस्त्र प्रहरीको ४ जना गोताखोर सहितको टोली एयर डाइनास्टीको हेलिकप्टरमार्फत शुक्रबार नै त्यसतर्फ परिचालन गरिएको थियो।

गोताखोरको टोलीले सडेगलेको अवस्थामा शव निकालेको सशस्त्र प्रहरीका सह(प्रवक्ता) डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। शव मृतकका परिवारलाई जिम्मा लगाइएको पनि डिएसपी थापाले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend