logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

कर्णाली नदीमा हाम फालेर दुई युवायुवती बेपत्ता, खोजी जारी


  • जन आकाश
  • शनिबार, असोज ११ २०८२

काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका–४ का दुई जना कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शकर पोखरेलका अनुसार, शनिबार बिहान चंखेली–४ स्थित सरिसल्ला भन्ने ठाउँबाट भद्विबिरे बुढाका छोरा अन्दाजी २८,२९ वर्षीय हंश बुढा र सोही ठाउँका हर्क बोहोराको छोरी अन्दाजी १९,२० कि कर्मा बोहोरा कर्णाली नदीमा हाम फालेका हुन् ।



हंश बिवाहित हुन् भने कर्मा अबिवाहित हुन् । सोही ठाउँका शैलेन्द्र शाहीले दिएको सूचनाका आधारमा प्रहरी चौकी मेल्छामबाट प्रहरी खोजी कार्यमा खटिएको छ ।

उनीहरूको अहिले पनि खोजी कार्य जारी छ । आफन्तहरूलाई खबर भइसकेको डीएसपी पोखरेलले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend