logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र, उपचारका लागि अस्पताल तोक्ने


  • जन आकाश
  • शनिबार, असोज ११ २०८२

काठमाडौं । सरकारले जेनजी आन्दोलनका घाइतेहरुलाई परिचय पत्र वितरण गर्ने भएको छ। घाइतेहरुको पहिचान र उपचारमा सहजीकरण गर्न आइतबारदेखि परिचय पत्र वितरण गरिने गृहमन्त्रालयले बताएकोछ।



त्यस्तै घाइतेहरुको उपचारका लागि काठमाडौँ उपत्यका र बाहिर अस्पताल तोक्ने र त्यहाँ जेनजी क्लिनिक सञ्चालन गर्ने समेत मन्त्रालयले बताएको छ।

त्यस्तै घाइतेहरुको वर्गिकरणका लागि उपचारका संलग्न चिकित्सको संयोजकत्वमा कार्यदल गठन हुने भएको छ।
चेकजाँचका लागि घाइतेहरुलाई एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने सरकारले निर्णय गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend