logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

सिद्धार्थ बैंकद्वारा लाभांश घोषणा, सेयरधनीलाई बोनस र नगद लाभांश


  • जन आकाश
  • बुधबार, असोज २२ २०८२

काठमाडौं । सिद्धार्थ बैंकले लाभांश प्रस्ताव घोषणा गरेको छ। बैंकको मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।



बैंकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ५.५३ नगद लाभांश प्रस्ताव गरेको हो। बैंकको लाभांश प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत हुन र साधारण सभाबाट पारित हुन बाँकी छ।

लाभांश पारितपछि बैंकको चुक्ता पुँजी करिब १४ अर्ब ८६ करोड रूपैयाँ पुग्नेछ। हाल बैंकको यस्तो पुँजी करिब १४ अर्ब आठ करोड रूपैयाँ छ।

यसअघि भने बैंकले चार प्रतिशत नगद लाभांश दिएको थियो। हाल बैंकको सेयर तीन सय ५३ रूपैयाँमा कारोबार भइरहेको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend