logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

नेपाल बैैंकका कर्मचारीलाई २० प्रतिशत छुट


  • जन आकाश
  • बिहिबार, असोज ३० २०८२

काठमाडौं । नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकका लागि नयाँ छुट सुविधा घोषणा गरिएको छ । काठमाडौंको शंखमुलस्थित लिफ प्लस प्रा. लि. सँगको सहकार्यमा बैंकका कर्मचारी र ग्राहकले अब उक्त कम्पनीले उत्पादन र बिक्री गर्ने पर्यावरणमैत्री घरायसी वस्तुहरूमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।



लिफ प्लसले सुपारीको पातबाट निर्मित प्राकृतिक र पुनःप्रयोगयोग्य सामग्रीहरू — जस्तै प्लेट, कचौरा, थाल, चम्चा लगायतका उत्पादनहरू बिक्री गर्दै आएको छ । यी वस्तुहरू कम्पनीको वेबसाइट जततउकस्ररभिबाउगिक।अयm।लउ वा ध्जबतकब्उउ नम्बर ९८०१८७०२०८ र ९८०२३४४१७८ मार्फत खरिद गर्न सकिनेछ । खरिद गर्दा नेपाल बैंकको मोबाइल बैंकिङ एपबाट भुक्तानी गरेमा बिल रकममा २० प्रतिशतसम्म छुट लागू हुनेछ ।

उक्त सम्झौतापत्रमा मिति २०८२ साल असोज २७ गते, नेपाल बैंक लिमिटेडका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लिफ प्लस प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत कोबित सिंह बानियाले हस्ताक्षर गरेका हुन् ।

नेपाल बैंकका अधिकारीका अनुसार यो सहकार्यले वातावरण संरक्षण, दिगो उपभोग र डिजिटल भुक्तानी प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । उता लिफ प्लसका प्रमुख कार्यकारी अधिकारी बानियाले नेपाल बैंकका कर्मचारी र ग्राहकहरूलाई प्राकृतिक र प्रदूषणरहित वस्तुहरू सहज रूपमा उपलब्ध गराउने उद्देश्यले यस्तो योजना ल्याइएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend