logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

शहीदहरूको रगत नबिर्स’ भन्दै माइतीघरमा जेनजी प्रदर्शन


  • जन आकाश
  • शुक्रबार, कार्तिक ७ २०८२

काठमाडौं । जेनजी समूहहरुलाई एकताबद्ध हुन आह्वान गर्दै र शहीदहरुको रगत नबिर्सन खबरदारी गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ जेन–जेड युनाइटेड’को नामबाट गरिएको प्रदर्शनमा बालबालिकाहरु र शहीद परिवारका सदस्यहरु पनि सहभागी छन् ।



उनीहरुले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौं, एक हौं’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । प्रदर्शनमा शहीद परिवारका सदस्यहरु पनि सहभागी छन् । उनीहरुले जेनजी आन्दोलनका शहीदहरुका रगत खेर जान नदिन पनि प्रदर्शनमार्फत् खबरदारी गरेका छन् ।

‘शहीदहरुको रगत नबिर्स’, देशका घाउहरु हाम्रो जिम्मेवारी लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend