जन आकाश
काठमाडौं । भारी हिमपातका कारण डोल्पाको दानीगढमा अलपत्र परेका ६ भारतीय पर्यटकलाई सोमबार हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको छ। उनीहरूलाई शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढबाट उद्धार गरी सदरमुकाम दुनै ल्याइएको हो।
डोल्पा प्रहरीका अनुसार शे–फोक्सुण्डो तालको भ्रमणपछि अपर डोल्पातर्फ जाँदै गरेका पर्यटक केही दिनदेखिको हिमपातका कारण बाटोमै रोकिएका थिए। उद्धार गरिएका पर्यटकमा मौमिता हल्दर, पियाली कोले, जजला त्रिवेद कुमार, आदित्य सिंह, दीपलिना विश्वास र राजेश दे रहेका छन्।
यस क्षेत्रमा प्रतिकूल मौसमका कारण पदयात्रा जोखिमपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालयले पर्यटक तथा स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले मौसमको अवस्था नबुझी उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न र समस्या परे तत्काल सम्बन्धित निकायलाई खबर गर्न अनुरोध गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend