logo सोमबार, कार्तिक १७ २०८३ | Monday 2nd November 2026

सरकारको कार्यशैली र प्रेस स्वतन्त्रताबारे छलफल गर्न कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक


  • जन आकाश
  • सोमबार, कार्तिक १७ २०८३

काठमाडौं । नेपाली कांग्रेसले सरकारको पछिल्लो कामकारबाही र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपलगायत विषयमा छलफल गर्न विपक्षी दलहरूको बैठक बोलाएको छ।



आज दिउँसो १ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आमन्त्रण गरिएको छ।

बैठकमा सरकारको पछिल्लो कार्यशैली, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, संविधानमाथिको हस्तक्षेप तथा लोकतान्त्रिक मूल्य–मान्यताका विषयमा छलफल हुने बताइएको छ।

यसअघि नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यशैलीमाथि प्रश्न उठाएका थिए। उनले सरकारले संसद्को मर्यादा र लोकतान्त्रिक मूल्य–मान्यताको पालना गर्नुपर्नेमा जोड दिँदै यस्ता विषयमा कांग्रेसले आफ्नो भूमिका प्रभावकारी बनाउने बताएका थिए।

सरकारका पछिल्ला गतिविधिबारे साझा धारणा बनाउन तथा प्रतिपक्षी दलहरूको भूमिका प्रभावकारी बनाउने उद्देश्यले कांग्रेसले आज अन्य विपक्षी दलहरूसँग छलफल गर्न लागेको बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend