logo सोमबार, कार्तिक १७ २०८३ | Monday 2nd November 2026

आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजेसम्म मात्रै सञ्चालन हुने


  • जन आकाश
  • सोमबार, कार्तिक १७ २०८३

काठमाडौं । आजदेखि सरकारी कार्यालयको समय एक घण्टा घटाइएको छ। हिउँदको समयमा साँझ छिट्टै अँध्यारो हुने भएकाले सरकारले सरकारी कार्यालय सञ्चालन समय घटाएको हो।



सरकारको निर्णयअनुसार कात्तिक १६ गतेदेखि आगामी माघ १५ गतेसम्म सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन्। यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए।

नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त अवधिमा सरकारी कार्यालय सातामा पाँच दिन सञ्चालन हुनेछन्।

यसअघि गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै गरिएको उक्त निर्णयलाई सरकारले निरन्तरता दिँदै आएको छ।

नयाँ व्यवस्थाअनुसार अब सरकारी कार्यालयहरू आइतबारदेखि बिहीबारसम्म बिहान ९ देखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend