logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

काठमाडौँको गौरीघाटमा छठ पर्वको तयारी


  • जन आकाश
  • आइतबार, कार्तिक ९ २०८२

काठमाडौं । काठमाडौँका विभिन्न स्थानमा छठ पर्वको तयारी भइरहेको छ। काठमाडौँको गौरीघाटमा मैथिली समुदायले मनाउन थालेको छठ पर्वको तयारी अन्यत्र पनि सुरु भएको हो । छठ पर्वका लागि गौरीघाट नदी किनारामा सरसफाइ र सजावटको कार्य सुरु भएको छ।



खासगरी, तराईमा मनाइने छठ पर्व अहिले काठमाडौँ उपत्यकामा पनि मनाउने क्रम बढ्दै गएको छ। यस पर्वमा नदी, ताल, लघु ताल, र पोखरीको किनार सिँगारेर घाट तयार गरिन्छ। केराका थम्बा, झिलिमिली बत्ती र सूर्यास्त र उत्खेउ सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइन्छ।

छठको तयारी तीव्र रूपमा भइरहेको छ र यस पटक गौरीघाटमा ६१० स्टलहरू तयार पारिएको गौरीघाट छठ विकास समितिका अध्यक्ष अनिल सिंहले बताए । सो स्टल प्रयोग गर्न प्रति व्यक्तिले १५०० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend