logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

चार जना मन्त्री बन्दै, आजै शपथ


  • जन आकाश
  • आइतबार, कार्तिक ९ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन्। चार जना मन्त्रीको नाम तय भएको स्रोतले जानकारी दियो।



स्रोतका अनुसार डा. सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएकी छन्। गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएका छन्।

त्यस्तै बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्न लागेको स्रोतले जानकारी दिएको छ। चारै जना मन्त्रीको आजै शपथ ग्रहण हुने पनि स्रोतले जानकारी दियो।

स्वास्थ्य मन्त्री बन्न लागेकी डा। शर्मा योग्यताले प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन्। उनले २०६५ साल असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सचिवको कार्यभार सम्हालेकी थिइन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्न लागेका गणपतिलाल श्रेष्ठ सम्पदा अभियानी हुन्। उनी लामो समयदेखि काठमाडौं उपत्यकालगायत सांस्कृतिक क्षेत्रहरूको मौलिक सम्पदाहरूको संरक्षण, सम्बर्द्धन र जगेर्नाका क्षेत्रमा क्रियाशील रहँदै आएका छन्।

खगेन्द्र सुनार अभियानी हुन्। उनी विशेष गरेर दलित हकहित र अधिकारका क्षेत्रमा क्रियाशील छन्। छुवाछूतजस्ता सामाजिक कुप्रथाका विरूद्ध पैरवी गरिरहेका सुनार माइतीघर मण्डलमा नेलसहित प्रदर्शन गरेर चर्चामा आएका थिए। त्यतिबेला उनको ‘दलितलाई खै’ भन्ने अभियान चर्चामा रहेको थियो । दलित समुदायको माग खगेन्द्र सुनार मन्त्री बन्नु पर्ने सम्पुर्ण दलितको माग रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend