logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एकै महिनामा एक खर्ब ८८ अर्ब रूपैयाँको अन्तर्राष्ट्रिय ब्यापार


  • जन आकाश
  • आइतबार, कार्तिक ९ २०८२

काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय व्यापारमा थप सुधार देखिएको छ। असोज महिनामा मात्रै एक खर्ब ८८ अर्ब रूपैयाँ बढीको अन्तर्राष्ट्रिय व्यापार भएको भन्सार विभागले जनाएको छ।



भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको तीन महिना ९साउन, भदौ र असोज० मा चार खर्ब ६८ अर्ब रूपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ। असोजमा मात्रै एक खर्ब ६३ अर्बको बस्तो आयात भएको छ।

त्यस्तै तीन महिनाको अवधिमा ७२ अर्ब ७८ करोड रूपैयाँ बराबरको वस्तु नेपालबाट अन्तर्राष्ट्रिय बजारमा पुर्‍याइएको छ। असोजमा मात्रै २५ अर्ब रूपैयाँ बराबरको बस्तु निर्यात भएको छ।

भदौ २३ र २४ मा को जेनजी प्रदर्शनपछि बजारको मागमा कमी आउन सक्ने आंशका गरिएको थियो। यद्यपि यो समयमा आयात र निर्यात दुबै बढेको तथ्यांक छ। यसले बजार मागमा सुधार भएको देखिन्छ। हरेक वर्ष दसैं–तिहार लगायतको चाडपर्वको समयमा आयात बढ्ने गर्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend