logo सोमबार, कार्तिक १७ २०८३ | Monday 2nd November 2026

सुर्यलाई अर्घ दिएर छठीमैया पुजा सम्पन्न


  • जन आकाश
  • मंगलबार, कार्तिक ११ २०८२

काठमाडौं । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अर्घ दिएपछि छठ सम्पन्न हुने धार्मिक मान्यता रहि आएको छ ।



यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरू लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ ।

पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रूपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ । छठ पर्व तराई (मधेशसहित काठमाडौं उपत्यकामा उल्लासका साथ मनाइएको छ । काठमाडौंमा पशुपति क्षेत्रको गौरीघाट र कमलपोखरीमा छठ मनाइएको छ ।

गौरीघाटमा यसपटक ७०० भन्दा बढी छठ पूजास्थल निर्माण गरिएको थियो । त्यहीँ पुगेर बिहानै भक्तजनले उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गरेका छन् । यसपटक गौरीघाटमा पाँच लाखभन्दा धेरैले पूजा गरेको जनाइएको छ । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो सालको छठ समापन भएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend