logo सोमबार, कार्तिक १७ २०८३ | Monday 2nd November 2026

इरानले दुई दिनमा झार्‍यो प्रस्तावित सातदिने शान्ति योजना


  • जन आकाश
  • सोमबार, कार्तिक १७ २०८३

काठमाडौं । संयुक्त राज्य अमेरिकासँग बढ्दो तनावका बीच इरानले प्रस्तावित सातदिने योजनालाई छोट्याएर दुईदिने कार्ययोजना अघि सारेको जनाएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले पहिलो दिनमै इरानका सर्त पूरा गरे दोस्रो दिन हर्मुज जलमार्ग खोलिने बताएका छन्।



अल जजिरा टेलिभिजन नेटवर्कलाई दिएको अन्तर्वार्तामा विदेशमन्त्री अराघचीले यस्तो प्रस्तावबारे जानकारी दिएका हुन्। उनका अनुसार इरानको प्रारम्भिक सातदिने योजनामा तनाव कम गर्ने, हर्मुज जलमार्ग खुला गर्ने र नयाँ वार्ता सुरु गर्ने विषय समेटिएका थिए। तर, अहिले उक्त योजनालाई दुईदिने कार्यढाँचामा सीमित गर्ने प्रस्ताव गरिएको छ।

अराघचीले यस विषयमा कतारी मध्यस्थकर्ताहरूसँग छलफल भइरहेको जानकारी दिँदै अहिलेसम्म कुनै अन्तिम सहमति भने नभइसकेको स्पष्ट पारेका छन्। प्रस्ताव कार्यान्वयन हुने वा नहुने भन्ने कुरा इरानले उठाएका प्रश्नमा अमेरिकाले दिने जवाफमा निर्भर रहने उनको भनाइ छ।

इरानी विदेशमन्त्रीको यस्तो अभिव्यक्ति सार्वजनिक भइरहेका बेला फारसी खाडी क्षेत्रमा तेल तथा ग्यास बोकेका थप ट्यांकरहरूलाई निशाना बनाइएको समाचारसमेत बाहिरिएका छन्। यसले क्षेत्रीय सुरक्षा र अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिबारे थप चिन्ता बढाएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनलगत्तै इरानमाथि पुनः ठूलो सैन्य आक्रमण गर्ने तयारी गरिरहेको समाचार सार्वजनिक भएको छ। अमेरिका र इरानबीचको बढ्दो तनावका कारण मध्यपूर्वको सुरक्षा अवस्था थप संवेदनशील बन्दै गएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend