जन आकाश
काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई काठमाडौं, कमलादीस्थित स्काइवाक टावरमा सेवा लिँदा २५ प्रतिशत छुट सुविधा उपलब्ध एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई वन्डर्स नेपाल प्रा. लि. द्धारा सञ्चालित स्काइवाक टावरमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कम्पनी र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।
यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले काठमाडौं, कमलादीमा रहेको उक्त स्काइवाक टावरमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ ।
यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक(MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।
उक्त कम्पनीसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend