जन आकाश
नेपालमा जहिले पनि लगानीमैत्री वातावरण नबनेको भनेर बाहिर प्रचार गरिन्छ र केही मुठ्ठीभरहरुले मात्रै नेपालको अर्थतन्त्रमा तर मारिरहने चलन छ । किनकि नेपालका यस्ता खालका मुठ्ठीभरहरु छन् । उनिहरुको नियन्त्रणभन्दा वाहिर कोहीपनि नहोस् भन्ने चाहान्छन् । जस्तै टे«डिङ विजनेस, उद्योग, बित्तिय क्षेत्र, टेक्नोलोजी, शैक्षिक क्षेत्र, यातायात, कृषि, हाईड्रो, हस्पिटल, सवै क्षेत्रमा सिमित मानिसहरुले नेपालको अर्थतन्त्र चलाएका छन् । उनिहरुले नेपालको सरकारले अर्थतन्त्रमा केही खुकुलो लगानीमैत्री बनाउन लाग्यो कि आकाश खस्यो जसरी विरोध गर्ने गरेका छन् । यो अत्यन्तै नेपालको विकासमा अवरोधको रुपमा रहेको छ । त्यसकारण नेपालको अर्थतन्त्र संकुचनमा रहेको छ ।
त्यसका वावजुद पनि नेपालमा लगानीमैत्री वातावरण बनाउन नेपाल सरकारले वेला वेलामा आवाहन गर्ने गरेको पनि छ । तर वेला वेलामा हुने बन्द हड्काल, आगजनी, तोडफोड जस्ता अराजक गतिविधि नेपालीहरुले पनि गर्दै आएका छन् । कस्ले कतिखेर कस्लाई उचाल्छ, राजनीतिक नाम दिन्छ । जुन संसारमा यस्तो विरलै हुने र्गछ । नेपालमा भने नियती जस्तो भईरहेको छ । यस्तै विषयलाई देखाएर नेपालमा केही मुठ्ठीभर सेण्डिकेटधारीहरुले नेपालमा लगानीको वातावरण छैन भन्ने अफवाह फैलाउछन् । त्यो अफवाहले गर्दा बाहिरी मुलुकका लगानीकर्ताहरुले नेपालमा लगानी गर्न तयार भईसकेका लगानीकर्ताहरुलाई समेत निरुत्साहित बनाउछन् । तयसकारण अन्य मुलुकवाट लगानी आउन सकेको छैन । आउन चाहानेहरुका लागी विश्वासिलो वातावरण सरकारले बनाउन सकेको छैन । कुनैवेला नेपालमा १८ घण्टासम्म लोडसेडिङ हुदा समेत कालकारखाना चलिरहेका थिए । अहिले २४ सै घण्टा त्यो पनि सहुलियत दरमा बिजुली सरकारले दिईरहेको छ । तर पनि उद्योग कलकारखाना नेपालमा भनेको जस्तो गरी स्थापना हुन सकेका छैनन् । जसले गर्दा आजपनि दैनिक ४ देखि ५ हजार नेपाली नागरिकहरु बैदेशिक रोजगारमा जान बाध्यछन् ।
नेपालमा अझैपनि निर्माणका कामहरु, मानव जीवनमा उपयोग हुेन वस्तुहरु उत्पादन गर्ने कलकारखाना नभएको हुनाले लगानी गर्ने लगानीकर्ताको लागि नेपालमा अवसर पनि छ । बजार पनि राम्रो छ । लगानीकर्ताको लागनी पनि राम्रो प्रतिफलमा जान्छ । अन्य मुलुकभन्दा कर पनि नेपालको सस्तो रहेको छ ।
त्यसैले नेपालको जलविद्युत पनि अथाह भएको देश भएको हुनाले विद्युतको उत्पादन पनि बढ्दै गएको छ ।सरकारले विद्य्ुतमा सहुलियत हुनसक्ने सम्भावना भएको देश भएको हुनाले अन्तराष्ट्रिस्तरका उद्योग, कलकारखाना स्थापना गर्ने लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आवाह्न गर्नुपर्छ ।
दैनिक रुपमा अन्य मुलुकमा बैदेशिक रोजगारमा गई काम गरिरहेका नेपाली नागरिकहरुलाई नेपालमा नै रोजगार सृर्जना हन्छ । अर्कोतर्फ नेपालका कृषि उपजहरुको सदुपयोग हुन्छ । देशको अर्थतन्त्र फराकिलो बनाउन र विश्वमा अर्थतन्त्त बलियो भएको देशको रुपमा चिनाउन पनि नीतिगत रुपमा समस्या रहेछन भने त्यसलाई तत्कालको तत्कालै संशोधन गरेर नेपालमा लागानीमैत्री वातावरण छ भन्ने विश्वस्त गराउने कार्यक्रम आगाडी सार्नूपर्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend