logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

लोबुचेमा पर्यटक उद्धार गर्न गएको हेलिकप्टर हिउँमा चिप्लियो


  • जन आकाश
  • बुधबार, कार्तिक १२ २०८२

काठमाडौं । सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना भएको छ। सोलुखुम्बुको लोबुचेमा बुधबार बिहान अल्टिच्युड एयरको (एनंंंएमएस) हेलिकप्टर हिउँमा चिप्लिएर दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।



हेलिकप्टर अवतरणका क्रममा हिउँमा चिप्लिएको हो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी मनोजित कुँवरका अनुसार बिहान ७स्५० बजे खुम्बु पासाङल्हामु गाउँपालिका (५) लोबुचेमा दुर्घटना भएको हो।

उक्त हेलिकप्टर यात्रु लिन जाँदा ल्यान्ड गर्ने क्रममा हेलिप्याडमा चिप्लिएको हो। यात्रु थिएनन्। हेलिप्याडमा ल्यान्ड गर्ने क्रममा चिप्लिएको हो। पाइलट विवेक खड्का सकुशल हुनुहुन्छ। उहाँ अर्को हेलिकप्टरबाट लुक्ला फर्किसक्नुभएको छ,’ डिएसपी कुँवरले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend