logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाली कम्युनिष्ट पार्टीको घोषणा हुदै


  • जन आकाश
  • बुधबार, कार्तिक १९ २०८२

मोहन कार्की ।
आज दिउसो ८ वटा कम्युनिष्ट पार्टीको संयुक्त रुपमा एकभई नेपाली कम्युनिष्ट पार्टीको घोषणा हुन लागेको छ । काठमाडौको भृकुटीमण्डपस्थित कार्यक्रम हुने स्थानमा विहानै देखि कम्युष्टि पार्टीका कार्यकर्ताहरु मञ्च सजाउन, डिजिटल व्यवस्थापन झण्डा पत्ताका राख्न खटिका छन् ।



नेपालको लागि भारतमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७६ वर्षमा नेपालमै प्रवेश गरी आन्दोलन, युद्ध सवै खालका सघर्ष गरेर सत्तामा समेत पटक पटक कम्युनिष्ट पार्टीका प्रधानमन्त्रीहरु नेपालमा भईसकेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी माक्सवादी–लेलिनवादी अर्थात नेकपा एमाले पार्टीको अध्यक्ष नेपालको प्रधानमन्त्री भएको समयमा नै यहि गएको भदौ २३ र २४ गते जेन्जेट आन्दोलन भई नेपालमा राजनीतिक दलहरुको अस्तित्वनै संकट परेको अवस्था छ ।

नेपाल एसियाका राष्ट्रहरुको तुलनामा औद्योगिक, व्यापारिक, आर्थिक हिसावले सम्पन्न हुन सक्ने स्रोत साधन भएको देश हो । तर नेपालको व्यवस्थापन पक्ष फितलो हुदा नेपाल अरुको तुलनामा कमजोर राष्ट्रमा घिस्रिरहेको छ ।

यहि समयमा हुन लागेको एकता घोषण तथा एकता राष्ट्रिय सम्मलेनले कस्तो खालको योजना प्रस्तुत गर्छ भनेर विशेष अर्थको रुपमा हेरिएको छ । नेपालमा कम्युष्टि पार्टीहरु भनेका अराजक, उदण्ड, युद्धका लागि सधै तयार हुने र विदेशीको हत्तियार किनेर नेपाली दाजुभाई मार्ने जस्ता आरोपहरु नेपाली जनताले लगाउदै आएका छन् । यस्तो होइन भन्ने कुरा मदन भण्डारीले विश्व कम्युनिष्ट आन्दोलनको दवदवा भएको वेला पनि जनताको बहुदलीय जनवाद अर्थात नेपाली समाजको संरचनागत रुपमा वलवाट भन्दा पनि विवेकवाट देशको नीतिगत सुधार गर्नुपर्छ भन्ने धारणा थियो । सायद त्यही धारणा नेपाल कम्युनिष्ट पार्टीहरुमा लामो समय कायम भएको भए विदेशीले उचालेको भरमा क्रान्तिको नाममा युद्ध हुदैन थियो । युद्ध नभएपछि विदेशीका हत्तियार नेपालमा बिक्दैन थिए ।

नेपालका कम्युनिष्ट पार्टीहरु भनेका शक्ति राष्ट्रहरुका हत्तियार बेच्ने मार्केटहरु हुन् । यस्तो मार्केट अर्ध चेतना भएका नेपाल देश जस्ता राष्ट्रहरुमा सम्मेलन, भेला, सभा आन्दोलन तोडफोड, आगजनी हुने गर्दछ र कहिले कुन व्यवस्था ठिक भएन, कहिले कुन संविधान चाइयो, कहिले के के वाहानामा अराजकता मच्चिरहन्छ । त्यो अराजकताले अस्थिरतामा देश रहन्छ । अस्थिर साशनको वेला देशको विकास हुन सक्दैन । देशको अर्थतन्त्र कमजोर हुन्छ । देशको अर्थतन्त्र कमजोर भएको देशलाई शक्ति राष्ट्रहरुले यस्तै होस भन्न चाहेका हुन्छन् । नेपालमा कम्युनिष्ट र काग्रेस यस्तै प्रयोग भइराख्ने पार्टीहरु हुन् ।

तर पछिल्लो समय जनताले कुरा बुझदै जान थालेपछि यस्ता पार्टीहरुलाई नेपाली युवा पुस्ताले पत्याउन छोडेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend