logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा श्री दिवाकर भट्टराई नियुक्त


  • जन आकाश
  • शुक्रबार, कार्तिक २१ २०८२

काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा श्री दिवाकर भट्टराई नियुक्त एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णय अनुसार श्री दिवाकर भट्टराईज्यूलाई संस्थापक समूहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाइएकोमा यस लघुवित्त वित्तीय संस्थाको मिति २०८२,०७,१९ गते बसेको सञ्चालक समितिको बैठकलेवहाँलाई यस वित्तीय संस्थाको आगामी वार्षिक साधारण सभासम्मको लागि नियुक्त गरेको छ ।



उक्त पदमा यस अघि सञ्चालक श्री सुमन थपलियाज्यू संस्थापक समूहमा संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको तर्पmबाट प्रतिनिधित्व गर्दै आई रहनुभएका थिए । नव नियुक्त सञ्चालक श्री दिवाकर भट्टराईज्यूले संस्थाका अध्यक्ष श्री प्रकाश राज शर्माज्यूसमक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गर्नु भएका छन्। बैंकिङ्ग क्षेत्रमा १६ वर्षको कार्यानुभव भएका श्री दिवाकर भट्टराईज्यू हाल एन आई सी एशिया बैंक लिमिटेडमा Chief Agriculture and Other Corporate Loans  को रुपमा कार्यरत रहेका छन्।

वहाँको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अभै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend