logo सोमबार, कार्तिक १७ २०८३ | Monday 2nd November 2026

पारालैगिक कोनिका लामाद्धारा प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र


  • जन आकाश
  • बुधबार, कार्तिक २६ २०८२

काठमाडौ । तेस्रो लिङगी भनेर चिनिने पारालैगिक महिला कोनिका लामाले आज पारा लैगिक महिलाहरुले भोग्नुपरेका समस्याको वारेमा प्रधानमन्त्री सुशिला कार्की र गृहमन्त्री ओम प्रसाद अ¥यालाई भेटी ज्ञापनपत्र बुझाएकी छन् । उनले बुझाएको माग पत्रमा भनिएको छ ।



“ श्रीमती शुशिला कार्की ज्यु, प्रधानमन्त्री ।
प्रधानमन्त्रीको कार्यालय,
सिहदरबार ।

विषय स् लैङ्गिक तथा यौनिक अल्पसंख्यक नागरिकलाई विविधताको पहिचान सहित मर्यादा र आत्मा ( सम्मान पूर्वक जीवनयापन गर्नु पाऊ । हामी लैङ्गिक तथा यौनिक अल्पसंख्यक नागरिकलाई विविधताको पहिचान सहित मर्यादित र आत्मा(सम्मान पुर्वक जीवनयापन गर्न पाउने, सार्वजनिक सुविधामा समान पहुचको लागी, कानूनी रुपमै मान्यता प्राप्त समलिङ्गी विवाहको लागी, यौनिक अभिमुखिकरणको लागी छुट्टै परिचय पत्र, अल्पसंख्यकहरुका लागी एउटा संबैधानिक आयोग संविधानमा नै व्यवस्था गर्न, यस समुदायको मात्र जनगणना गरी सार्वजनिक रुपमा राज्यको सम्बन्धित निकायमा अभिलेखिकरण गर्न, (नेपाल सरकारबाट जनगणना नभएको) तर हामीले अनुमानको आधारमा हाम्रा बैठक भेलाका आधारमा लगभग २,८०,०००। दुई लाख असीहजार आसपास यौनिक अल्पसंख्यकहरुको प्रतिनिधित्व हुने गरी संघिय संसदमा प्रतिनिधित्वको लागी, यस समुदायको हक हितको लागी खोलिएको निल हिरा नामक संस्था स्थापना गरि नेपालमा छरिएर रहेका यौनिक अल्पसंख्यकहरुको प्रतिनिधित्व ब्लू डाइमण्ड सोसाइटी द्यम्क् को समेत तत्कालीन संविधान सभामा भु।पु। संविधान सभा सभासद सुनिल बाबु पन्तले प्रतिनिधित्व गरी नेपालको संविधान २०७२ जारी भएको सर्वविधितै छ ।

साथै प्रधानमन्त्री ज्यु, यस समुदायको हक र हितको लागि खोलिएको निल हिरा नामक संस्थामा भ्रस्टाचार रहेको र यस सस्थाको पुर्व अध्यक्ष तथा हालको वरिष्ठ सल्लाहकार पिन्की गुरुङ्ग र निरक्षक पदम कुमार निरौलाले केही बर्षा अगि बिवेकसिल आदर्स इन्वेसमेन्त प्रा.लिको नाममा लाखौ रुपैया उठाएको र इनर्जी ईन्जिनियर को नाममा किर्ते सेयर कागज प्रमाणपत्र दिएर यस समुदायबाट लाखौ रुपैया ठगि गरेको छ । साथै यस सस्थाभित्र भ्रस्टाचार गर्ने नियतले यस सस्थाको संस्थापक सदस्य सुनिल बाबू पन्तलाई घरी यस सस्थाको सदस्य बाट हटाईएको भन्ने घरी हटाको छैन भन्दै तथ्यहिन आरोप लगाइ पन्त जिको चरीत्र हत्या गरि सस्थाको कुनै पनि जानकारी नदिइ सस्थालाइ अपार्दर्सी बनाइ कराडौ रुपैया घोटाला गरि भ्रष्टाचार गरेको छ । JNZ पुस्ताको अन्दोलन नि भ्रष्टाचार बिरोधी भएको यस निल हिरा समाजमा भ्रष्टाचार गर्ने व्यक्तिको छानबिन गरि पाउ साथै अरुनि यस समुदायको हक र हितको नाममा खोलिएको सस्थाहरुमा छानबिन गरि भ्रस्टाचार ठगि गर्ने व्यक्ती सस्था हरुलाइ कडा भन्दा कडा कार्वाही गरि सम्पुर्ण नेपाली यौनिक तथा लैङिक अल्पसंख्यक समुदायलाई न्याय गरि पाउ ।

साथै प्रधानमन्त्री ज्यू, नेपाल सरकारले केही गैर(सरकारी संस्थाहरुको भनाईमा तेस्रोलिङ्गी नामाकरण गरेर अन्यलिङी नागारिकता यस समुदायको परिचयको लागी भनी जारी गरेका छन । तर हाम्रो नेपाली यौनिक अल्पसंख्यकहरु यस नागरिकता संग सन्तुष्ट छैन । उनीहरुलाई नामाकरण गरिएको तेस्रोलिङ्गीको शब्दले उनीहरु माथि हाम्रो राज्यले नै सामाजिक लाञ्छना भेदभाव हिसा गरेको उनीहरु ठान्दछन । त्यसैले उनिहरु आफ्नो जैबिक लिङ्ग भन्दा फरक महिला र पुरुषको नागारिकता इच्छाएको आधार भन्दै अदालत वाकिललाई पैसा खुवाएर पदको दुरुपयोग गरि जथाभाबी नागारिकता लिएको छ यसरी जथाभावी नागारिकता लिने व्यक्ति वा संघ(संस्था विरुद्ध कडा भन्दा कडाकानूनी व्यवस्था गरी यौनिक अभिमुखीकरणको आधारमा यौनिक अल्पसंख्यकहरुलाई नागरिकताको साथ साथै एक विशेष परिचय पत्रको व्यवस्था गरी दिनु हुन भनी पनि हजूरलाई विनम्र अनुरोध गर्दछौ ।

हाम्रा मागहरु 
१. लैङ्गिक तथा यौनिक अल्पसंख्यक नागरिकलाई विविधताको पहिचान सहित मर्यादा र आत्मा(सम्मान पूर्वक जीवनयापन गर्न पाउँने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुचको हक दिइयोस । २. कानूनी रुपमै मान्यता प्राप्त समलिङ्गी विवाहले यस अन्तरिम संविधानमा नि निरन्तरता पाईयोस ।
पत्र दिइयोस ।

४. लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुको लागी एउटा राष्ट्रिय आयोगको व्यवस्था गरि पाउँ ।

५. यस समुदायको जन गणना घरदैलो मा गएर जन गणना कार्यलयले गरेर सार्वजनिक गरोस कुनै गैरसरकारी सस्थाको झुठो गणना नमानोस ।

हामी यो पत्र दुइ लाख असी हजार नेपाली यौनिक अल्पसंख्यकहरुको प्रतिनिधीत्व गर्दै तयार पारेका छौ । अन्तमा हाम्रो मागहरु सुनी यसलाई कार्यावयन गरी हामी पिडित नेपाली यौनिक अल्पसंख्यकहरुलाई न्याय दिनु होला ।
धन्यवाद ।”

बोधार्थ  रास्ट्रिय मानवअधिकार आयोग
पारालैङिक महिला
कोनिका लामा
email: lama6binod@gmail.com

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend