जन आकाश
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा श्रृजना मल्ललाई मनोनीत गरेको छ।
देउवा पक्षले गठन गरेको १५औँ महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले कात्तिक १२ गते पर्वतकी मल्ललाई नेविसंघ अध्यक्षमा मनोनीत गरेका हुन्।अध्यक्षमा मनोनीत मल्ललाई आगामी ६ महिनाभित्र नेविसंघको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसमेत दिइएको छ।
यसअघि देउवा पक्षले नेपाल तरुण दलको अध्यक्षमा काभ्रेका दिल लामालाई मनोनीत गरेको थियो। पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै देउवा पक्षले भ्रातृ संस्थाहरूको नेतृत्व चयन तथा महाधिवेशनको तयारीलाई अघि बढाएको देखिन्छ।
देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म नेपाली कांग्रेसको १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ। सोही महाधिवेशनअघि भ्रातृ संस्थाहरूमा नेतृत्व मनोनयन गर्ने क्रम जारी रहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend